काठमाडौं, २५ भदौ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसदमा उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले घटनाबारे संसदमा सरकारको ध्यानाकर्षण गराएका हुन्। उनका अनुसार राजविराज–१४ पर्साहीकी बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लगिएको थियो।
तर, उनीसँग पर्याप्त रकम नभएको भन्दै अस्पतालले भर्ना नलिएपछि उनले सडक किनारमै बच्चा जन्माउनुपरेको थियो।
सांसद कर्णले घटनाबारे सरकारसँग जवाफ माग्दै स्वास्थ्य सेवामा आर्थिक अभावकै कारण नागरिकले यस्तो अवस्था भोग्नुपर्ने स्थिति अन्त्य गर्न आग्रह गरेका छन्।














