काठमाडौँ, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेनजी आन्दोलनपछि अन्तरिम सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै यादवले जेनजीसँग भएका सम्झौता तथा मृतक र घाइतेका परिवारसँग गरिएका सहमति तत्काल कार्यान्वयन गर्न माग गरे।
उनले आन्दोलनका क्रममा पक्राउ परेका युवालाई रिहा गर्न आग्रह गर्दै जेनजी आन्दोलनको अवमूल्यन नगर्न सरकारलाई चेतावनीसमेत दिए।














