काठमाडौं, ११ भदौ । प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि शिक्षा मन्त्रालयले भदौ १३ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।
मन्त्रालयले स्थगित परीक्षाको नयाँ तालिका पछि सार्वजनिक गर्न तथा भदौ १२ गतेको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।
यस्तै, अत्यावश्यकबाहेकका सभा, गोष्ठी, सेमिनार तथा सामूहिक कार्यक्रम स्थगित गर्न, प्रभावित विद्यार्थी तथा अभिभावकसँग समन्वय गरी आवश्यक सहयोग र मनोसामाजिक परामर्श उपलब्ध गराउन मन्त्रालयले विश्वविद्यालयहरूलाई आग्रह गरेको छ।












