KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राम जानकी अस्पतालमा न्युरो, ट्रमा तथा स्पाइन सेवा विस्तार

राम जानकी अस्पतालमा न्युरो, ट्रमा तथा स्पाइन सेवा विस्तार

जनकपुर, ३१ साउन । जनकपुरका राम जानकी अस्पताल प्रा.लि.ले न्युरो, ट्रमा तथा स्पाइन सेन्टर सञ्चालनमा ल्याएको छ ।

न्युरो, दुर्घटनाजन्य चोटपटक तथा मेरुदण्डसम्बन्धी जटिल समस्याका बिरामीलाई जनकपुरधाममै विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।

सेन्टरको आइतबार अस्पतालका सञ्चालक गणेश साह, उनका कान्छा छोरा ऋषिकेश कुमार साह तथा न्युरो चिकित्सक डा. आलोक झाले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा अस्पतालका सञ्चालक साह र उनकी श्रीमतीले पूजापाठसमेत गरेका थिए ।

नयाँ सेन्टरमा न्युरो विशेषज्ञ डा. आलोक झाले बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । अस्पतालका व्यवस्थापक मिथिलेश साहका अनुसार सेन्टर सञ्चालनमा आएयता डा. झाले अस्पतालमै न्युरोसम्बन्धी समस्याका पाँच जना बिरामीको सफल उपचार गरिसकेका छन् । अस्पतालका अनुसार डा. झा विराटनगरस्थित न्युरो अस्पतालमा लामो समय काम गरेको अनुभव छ । न्युरो तथा स्नायु प्रणालीसँग सम्बन्धित जटिल रोग, दुर्घटनाबाट हुने चोटपटक तथा मेरुदण्डसम्बन्धी समस्याको उपचारमा अनुभव हासिल गरेका डा. झाको विशेषज्ञ सेवाबाट जनकपुरधामसहित मधेश प्रदेशका बिरामी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

२०६५ सालदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको राम जानकी अस्पतालले न्युरो, ट्रमा तथा स्पाइनसम्बन्धी उपचारका लागि बिरामीलाई काठमाडौं, विराटनगरलगायतका ठूला सहरमा जानुपर्ने बाध्यता कम गर्ने लक्ष्यसहित नयाँ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।सेन्टरबाट न्युरोसम्बन्धी विभिन्न रोग तथा समस्या, दुर्घटनामा परेर हुने चोटपटक र मेरुदण्डसम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श तथा उपचार सेवा उपलब्ध गराइनेछ ।

जनकपुरमै विशेषज्ञ सेवा विस्तार भएपछि यस क्षेत्रका बिरामीले समय र खर्च बचत गर्दै उपचार पाउने अस्पतालको विश्वास छ । अस्पताल व्यवस्थापक मिथलेश साहले आगामी दिनमा न्युरो, ट्रमा तथा स्पाइन सेवाको दायरा अझ विस्तार गर्दै आधुनिक तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने तयारी रहेको बताए । उनका अनुसार स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने अस्पतालको प्रयासले मधेशका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने अवस्थालाई क्रमशः न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।

Facebook Comment

Related Posts

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

जति सके गरे, धन्यवाद; अबको ३५ वर्ष हाम्रै हातमा छ’ : रवि लामिछाने

जति सके गरे, धन्यवाद; अबको ३५ वर्ष हाम्रै हातमा छ’ : रवि लामिछाने

प्रहरी महानिरीक्षक कार्कीको चेतावनी : पुराना अपराधी पनि उम्किन पाउँदैनन्

प्रहरी महानिरीक्षक कार्कीको चेतावनी : पुराना अपराधी पनि उम्किन पाउँदैनन्

संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन व्यवसायी पनि सक्रिय हुनुपर्छ : निधि

संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन व्यवसायी पनि सक्रिय हुनुपर्छ : निधि

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

सप्तरीमा ३ वर्षीया बालिका मृत फेला, सौतेनी आमामाथि अनुसन्धान

सप्तरीमा ३ वर्षीया बालिका मृत फेला, सौतेनी आमामाथि अनुसन्धान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar