धनगढी, २७ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउने अवस्था नदेखिएपछि भोलि प्रदेश प्रमुखसमक्ष राजीनामा दिने भएका छन् ।
नेकपा एमालेले असार ३१ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको शाह सरकारको विश्वासको मत लिनुपर्ने ३० दिने समयसीमा पनि भोलि सकिँदैछ ।
बहुमत जुटाउन नसक्ने भएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुभन्दा राजीनामा दिने निर्णय गरेका हुन् ।
राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नेकपा र एमालेबीच भएको सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठनको तयारी छ ।














