काठमाडौ, २३ कार्तिक । आगामी निर्वाचन २०८४ लाई लक्षित गर्दै रोशन सिंह राजपूतले धनुषा निर्वाचन क्षेत्र नं. १ -ख) बाट प्रदेश सांसद पदमा उम्मेदवारी दिने दिशामा आफ्नो राजनीतिक यात्रा अघि बढाउने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय धनुषा–१ -ख) तर्फ केन्द्रित हुने जानकारी सार्वजनिक गरेका हुन् । जनताको आवाज बन्ने, क्षेत्रको विकास गर्ने तथा समृद्धिको सपना साकार पार्ने उद्देश्यसहित आफू आगामी निर्वाचनमा अघि बढ्न लागेको राजपूतले बताएका छन् ।
उनले जनताको विश्वास, साथ र आशीर्वादलाई आफ्नो राजनीतिक यात्राको मुख्य शक्ति भएको उल्लेख गर्दै परिवर्तन, सुशासन, विकास र जनताको अधिकारका लागि नयाँ संकल्पसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राजपूत हाल काठमाडौंमा बस्दै राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका छन् ।
काठमाडौंमा रहेर राजनीति गर्दै आएका उनले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक अभियान धनुषा–१ -ख) केन्द्रित गर्ने घोषणा गरेका हुन् । उनको घोषणाले आगामी निर्वाचनमा यस क्षेत्रबाट प्रदेश सांसद पदका लागि उम्मेदवारी दिने उनको राजनीतिक आकांक्षा सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा आफ्नो राजनीतिक यात्राबारे जानकारी दिँदै राजपूतले …अबको यात्रा धनुषा–१ -ख) तर्फ भन्ने सन्देश दिएका छन् । उनले आगामी निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धाका रूपमा मात्र नभई जनताको सेवा, क्षेत्रको विकास र समृद्धिका लागि नयाँ अवसरका रूपमा लिएको बताएका छन् ।
अबको लक्ष्य जनताको सेवा, क्षेत्रको विकास र समृद्धिÚ भन्ने नारासहित अघि बढ्ने बताएका राजपूतले जनताको अधिकार, सुशासन र सकारात्मक परिवर्तनलाई आफ्नो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।
उनको घोषणासँगै धनुषा निर्वाचन क्षेत्र नं. १ -ख) मा आगामी निर्वाचनलाई लक्षित राजनीतिक गतिविधि र चुनावी तयारीबारे चर्चा सुरु हुने देखिएको छ ।
२०८४ को निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक व्यक्तित्व तथा सम्भावित उम्मेदवारहरूले आफ्नो राजनीतिक योजना र आकांक्षा सार्वजनिक गर्न थालेका छन् ।














