काठमाडौँ, २३ कार्तिक । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीए प्रस्थान गरेका छन्।
सम्मेलनका विभिन्न उच्चस्तरीय सत्रमा सहभागी हुँदै अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनका चुनौती र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्राथमिकता तथा एजेन्डाबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष धारणा राख्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
टर्कीएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै सम्मेलनस्थल पुगिसकेका छन्। अर्थमन्त्री वाग्ले भने कात्तिक २९ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।














