काठमाडौँ, २६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा- का नेता तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग गरेको छुट्टाछुट्टै भेटलाई लिएर भइरहेको चर्चा अनावश्यक भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले प्रधानमन्त्री नियुक्त भएपछि राजदूतहरूसँग सामूहिक तथा आवश्यकता अनुसार अलग–अलग भेटघाट गर्नु स्वाभाविक कूटनीतिक प्रक्रिया भएको बताए ।
उनले नियमित कूटनीतिक भेटलाई ठूलो विषय बनाएर व्याख्या–विश्लेषण गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखेका छन् । शाहले सोमबार नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।














