काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश बढेको बताएका छन् ।
केन्द्रीय समिति बैठकमा बोल्दै थापाले नागरिकसँगको संवादका क्रममा सरकारप्रति निराशा र असन्तुष्टि देखिएको बताए । नागरिकको आक्रोशप्रति कांग्रेस खुसी नभई गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।
उनले विगतमा जनताको असन्तुष्टिलाई बेवास्ता गर्दा त्यसको परिणाम आएको उल्लेख गर्दै २३ र २४ भदौको घटना एकाएक नभएको बताए ।
नागरिकमा लामो समयदेखि जम्मा भएको आक्रोश अन्ततः फागुन २१ गतेको मतदानमा प्रकट भएको उनको दाबी थियो ।














