काठमाडौँ, २२ साउन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सांसद मनिष झाले सरकारले राज्य सञ्चालन प्रभावकारी ढंगले गर्न नसकेको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै झाले सरकारको नियत र इमानदारीमा प्रश्न नभए पनि काम गर्ने शैलीमा कमजोरी देखिएको बताए ।
उनले राज्य सञ्चालन, लोकतन्त्र र संविधान संरक्षणका लागि राज्यप्रति भरोसा र राष्ट्रप्रति आत्मविश्वासलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
सरकारले आफ्ना कमजोरी स्वीकार गर्दै सुधारतर्फ अघि बढ्नुपर्ने उल्लेख गर्दै झाले सबै कुरा थाहा छ भन्ने सोचले राज्य सञ्चालनमा समस्या निम्त्याउने भएकाले नजानेका कुरा सिक्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए ।














