KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा-महोत्तरीका सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण

पहिलो पटक मन्त्रालयबाट खेल सामग्री पाएपछि विद्यालयहरू उत्साहित

धनुषा-महोत्तरीका सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण

जनकपुर, २१ साउन । मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले प्रदेशमा खेलकुदको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा विद्यालयमा खेल संस्कृतिको विस्तार गर्ने उद्देश्यले धनुषा र महोत्तरी जिल्लाका विभिन्न सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको छ ।

मन्त्रालयले आयोजित कार्यक्रममा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन,क्रयामबोड लगायत विभिन्न खेलका सामग्री विद्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले विद्यालयहरूको मागलाई मध्यनजर गर्दै २० लाख रुपैयाँ विनियोजन गरिएको भए पनि केही प्राविधिक कारणले पहिलो चरणमा १० लाख रुपैयाँ बराबरका सामग्री मात्र वितरण गर्न सकिएको जानकारी दिए ।

उनले आगामी दिनमा बाँकी विद्यालयलाई समेत खेलकुद सामग्री उपलब्ध गराइने बताउँदै खेल क्षेत्रलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री दासले खेलकुदले युवाको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रदेश सरकारले यस क्षेत्रमा लगानी बढाउँदै लैजाने उल्लेख गरे ।

मन्त्रालयका सचिव सुशीलकुमार साह तेलीले अर्थ मन्त्रालयबाट बजेट कटौती भएपछि योजना अनुसार सबै सामग्री वितरण गर्न नसकिएको स्पष्ट पारे ।

उनले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै विद्यालयसम्म खेलकुद सामग्री पु¥याउने प्रयास गरिएको बताए । सामग्री प्राप्त गरेका विद्यालयका शिक्षकहरूले यसअघि कुनै पनि मन्त्रालयबाट खेलकुद सामग्री नपाएको उल्लेख गर्दै पहिलो पटक यस्तो सहयोग प्राप्त भएकोमा खुशी व्यक्त गरे ।

उनीहरूले मन्त्रालय र मन्त्रीप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् । मन्त्रालयले यस कार्यक्रममार्फत विद्यालयस्तरमै खेल गतिविधि विस्तार गर्दै प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।

Facebook Comment

Related Posts

‘कानुनी राज्य बहाल गर’ भन्दै जनकपुरमा साहु-महाजनको प्रदर्शन

‘कानुनी राज्य बहाल गर’ भन्दै जनकपुरमा साहु-महाजनको प्रदर्शन

सरकारले राज्य सञ्चालनमा ढंग पु¥याउन सकेन : मनिष झा

सरकारले राज्य सञ्चालनमा ढंग पु¥याउन सकेन : मनिष झा

एलपी ग्यासको आयात घटेको छैन : मन्त्री यादव

एलपी ग्यासको आयात घटेको छैन : मन्त्री यादव

सेना नामका सबै समूह निषेध गरौँ : हर्क साम्पाङ

सेना नामका सबै समूह निषेध गरौँ : हर्क साम्पाङ

मिलन गुरुङ र उनकी श्रीमतीलाई सर्वोच्चबाट सफाइ

मिलन गुरुङ र उनकी श्रीमतीलाई सर्वोच्चबाट सफाइ

बालेन सरकारमा ‘शासकीय अराजकता’ देखियो : गगन थापा

बालेन सरकारमा ‘शासकीय अराजकता’ देखियो : गगन थापा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar