काठमाडौं, १८ साउन । नेकपाका संयोजक पुष्पकमल दाहाल …प्रचण्डÚले सरकार बनाउने र गिराउने राजनीतिमै केन्द्रित हुनु कम्युनिस्ट आन्दोलनको ठूलो कमजोरी भएको स्वीकार गरेका छन् ।
२४औँ बोत्ले स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले सत्ता केन्द्रित राजनीतिका कारण मजदुर, किसान र उत्पीडित समुदायसँगको सम्बन्ध कमजोर बन्दै गएको बताए ।
उनले केन्द्रमा देखिएको सत्ता मोह प्रदेश र स्थानीय तहसम्म फैलिएको उल्लेख गर्दै मन्त्री र मुख्यमन्त्री बन्ने प्रतिस्पर्धाले कम्युनिस्ट आदर्श कमजोर बनेको बताए ।
नेताहरूको जीवनशैली पनि जनताबाट टाढिँदै गएकाले कम्युनिस्टप्रतिको विश्वास घटेको उनको भनाइ थियो ।














