जनकपुर, १८ साउन । जनकपुरस्थित राम जानकी तत्मा कुटी परिसरमा स्थापना गरिएको लोटस केयर पोलिक्लिनिक प्रा.लि.को औपचारिक उद्घाटन आगामी २०८३ साउन २३ गते बिहान १०:३० बजे हुने भएको छ ।
पोलिक्लिनिकको उद्घाटन मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्माले गर्ने कार्यक्रम तय गरिएको छ ।
उद्घाटन समारोहमा सम्पूर्ण स्वजातीय समुदाय, शुभेच्छुक, समाजसेवी तथा स्थानीयवासीलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन आयोजकले हार्दिक अनुरोध गरेको छ ।
पोलिक्लिनिकमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ -Orthopedic & Neuro Rehabilitation- डा. शत्रुधन दासद्वारा फिजियोथेरापी सेवा उपलब्ध गराइनेछ ।
यहाँ प्यारालाइसिस, घुँडा, कम्मर तथा काँध दुखाइका साथै विभिन्न हाडजोर्नी र स्नायुसम्बन्धी समस्याको उपचार गरिने जनाइएको छ । यसका अतिरिक्त पोलिक्लिनिकमा फिजिसियन, अर्थोपेडिक, न्युरोलोजी, गायनाकोलोजी, पेडियाट्रिक्स, प्रयोगशाला -ल्याब-, एक्स–रे तथा सिटी स्क्यान लगायतका आधुनिक स्वास्थ्य सेवाहरू पनि उपलब्ध हुने जानकारी दिइएको छ ।















