सिरहा, १७ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेश पूर्ण रूपमा हटाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा तथा सुधारपछि शनिबार साँझ ७ बजेदेखि कर्फ्यू हटाइएको हो।
यसअघि बिहान १० बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यू खुकुलो बनाइएको थियो। सुनसरी घटनापछि उत्पन्न तनावका कारण केही दिनदेखि लागू गरिएको कर्फ्यू अब पूर्ण रूपमा हटाइएपछि प्रशासनले नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।














