जनकपुर , १७ साउन । संयुक्त हिन्दू मोर्चा र सरकारबीच आइतबार जनकपुरस्थित यात्री निवासमा पुनः वार्ता भएको छ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको वार्तामा शनिबारको १३ बुँदे समझदारीलाई स्पष्ट पार्दै थप बुँदा समावेश गरी १८ बुँदे मौखिक सहमति भएको जनाइएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शनिबारको वार्तामा देखिएका केही अस्पष्ट विषयमा स्पष्टता दिइएको हो । वार्तापछि संयुक्त हिन्दू मोर्चाले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ ।
मोर्चाका प्रतिनिधिहरूले आफ्ना मागहरू गृहमन्त्रीसमक्ष औपचारिक रूपमा पेश गरेका छन् । मोर्चाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले केही बुँदा सच्याइएको र सरकारबाट मागहरू सम्बोधन गर्ने तथा आन्दोलनका क्रममा गोली नचलाइने प्रतिबद्धता व्यक्त भएको बताएका छन् ।














