काठमाडौं, १६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमि प्रशासन -मालपोत- कार्यालयका तीन कर्मचारीसहित दुई लेखापढी व्यवसायीलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल रहेका छन् ।
अख्तियारका अनुसार उनीहरूले जग्गाको बकसपत्र गराइदिने नाममा सेवाग्राहीसँग मिलेमतोमा घुस मागी तीन लाख रुपैयाँ लिइसकेका थिए ।
उनीहरूको साथबाट उक्त रकमसहित स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ बरामद गरिएको छ । उनीहरूलाई ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट रंगेहात पक्राउ गरिएको हो ।














