काठमाडौं, १३ साउन । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
बुधबारदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन् ।
प्रभावित क्षेत्रमा कफ्र्यु आदेश यथावत् रहेको छ । घटनाको छानबिनका लागि गठित पाँच सदस्यीय समितिले जिल्ला सुरक्षा समितिसँग मिलेर घटनास्थलको अनुगमन गर्नुका साथै मृतक २४ वर्षीय ओमप्रकाश मेहताको परिवारसँग भेट गरेको छ ।
सरकारले समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।














