काठमाडौं, १२ साउन । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई बीमा र धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बीमा कसुरमा ७५ लाख र धितोपत्र कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गर्दै बैंक ग्यारेन्टीमा रिहा गर्न आदेश दिएको हो ।
यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी- को अनुसन्धानपछि गत जेठ २८ गते जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो ।














