जनकपुर, ११ साउन। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिले धनुषा जिल्ला शाखाको नयाँ तदर्थ समिति गठन गरेको छ।
केन्द्रीय तदर्थ समितिको २०८३ साउन ४ गते बसेको बैठकको निर्णयअनुसार नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (आठौं संशोधन २०८० सहित) बमोजिम धनुषा जिल्ला शाखाको साविक समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गरिएको हो।
नवगठित समितिको सभापतिमा पंकजकुमार महतो चयन भएका छन्। त्यस्तै विमल पूर्वे मन्त्री, श्रीनिवासकुमार सिंह कोषाध्यक्ष तथा सदस्यहरूमा डा. सुभाषचन्द्र यादव, राजेशकुमार ठाकुर, राजेश राइन, अजयकुमार नायक, राजेन्द्रकुमार झा, शान्ति विश्व, मानिनन्दिनी मिश्र र रामकुमारदेवी सदा (मुसहर) रहेका छन्।
केन्द्रीय कार्यालयले नवगठित समितिलाई जिल्ला शाखाको वित्तीय व्यवस्थापन, बैंक हिसाब, सम्पत्ति तथा दायित्वको परीक्षण गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न, सदस्यता अद्यावधिक, संस्थागत सुदृढीकरण तथा आवश्यक संगठनात्मक कार्ययोजना तयार गरी जिम्मेवारी हस्तान्तरण गर्न निर्देशन दिएको छ।
महामन्त्री हरीहरप्रसाद खनाल द्वारा हस्ताक्षरित पत्रमा तदर्थ समितिलाई रेडक्रसको मूल्य, मान्यता र आदर्शअनुसार कार्य गर्न आग्रह गरेक छन ।














