काठमाडौं, ११ साउन । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनापछि गृहमन्त्री सुधन गुरुङले सोमबार साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।
मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी प्रमुखसँग प्रारम्भिक छलफलपछि बोलाइएको बैठकमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानका उपायबारे छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।
आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति पनि गठन गरेको छ ।














