काठमाडौं, १० साउन । नेकपा र नेकपा एमालेबीच पाँच प्रदेशमा सरकार गठन गर्ने सहमति भएपछि नेकपाका सहसंयोजक माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाएको छ ।
नेपाल निकट नेताहरूले सत्ता साझेदारीको निर्णायक समझदारी गर्दा आफूहरूलाई सहभागी नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनीहरूको गुनासो सत्ता केन्द्रित सहमति भएको र पार्टीभित्रको पूर्वसमझदारीसमेत पालना नगरिएको विषयमा केन्द्रित रहेको बताइएको छ ।
स्रोतका अनुसार माधवकुमार नेपालले यस विषयमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर छलफल गर्ने तयारी गरेका छन्।
साथै, प्रदेश सरकारमा साविक एकीकृत समाजवादी पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्न पनि आग्रह गर्ने बताइएको छ ।














