जनकपुर, ९ साउन । सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैयाकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजार रुपैयाँ घुस प्रकरणमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले शुक्रबार साँझ डिभिजन प्रमुखको सरकारी क्वाटरमा छापा मार्दा सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ र स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ बरामद गरेको जनाएको छ ।
बोरिङ तथा मोटर जडानको कामको भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागिएको आरोप छ । अख्तियारका अनुसार मेकानिकल अधिकृत चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा रकम बुझेर क्वाटरमा पु¥याएका थिए ।
दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।














