काठमाडौं, ७ साउन । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएको भन्दै धनगढीबाट २४औँ आमरण अनशन सुरु गरेका छन् ।
एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालाबाट सुरु गरिएको अनशन सरकारलाई दिइएको साउन ५ गतेसम्मको समयसीमा बेवास्ता भएपछि थालेको डा. केसीले बताएका छन् ।
उनले दशरथचन्द मेडिकल विश्वविद्यालयसहित चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाझिने गरी गरिएका नियुक्ति खारेज गर्न, छात्रवृत्ति कटौती रोक्न तथा मापदण्डबिना निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णय रद्द गर्न माग गरेका छन् ।
साथै, गेटामा स्थापना हुने विश्वविद्यालयको मोडलप्रति पनि प्रश्न उठाउँदै चिकित्सा शिक्षामा देखिएको विकृति अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन् ।














