काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ गते भएको जेनजी आन्दोलन नेपालको इतिहासकै सबैभन्दा ध्वंसात्मक र हिंसात्मक घटना भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उक्त आन्दोलनका क्रममा आगजनी, हिंसा र संविधानविपरीत गतिविधि भएको आरोप लगाए । माओवादी सशस्त्र द्वन्द्वको तुलना गर्दै ओलीले त्यसबेला पनि यति धेरै आतंकपूर्ण गतिविधि नभएको दाबी गरे ।
उनले जेनजी आन्दोलनपछि वैधानिक सरकारलाई अवैध ढंगबाट हटाइएको, संविधानविपरीत संसद् विघटन गरिएको तथा लोकतन्त्र अपहरणमा परेको आरोपसमेत लगाए।
लोकतन्त्रको पुनःस्थापना आवश्यक रहेको उनले बताए ।














