काठमाडौं, ६ साउन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान शासनमा लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू रहेको टिप्पणी गरेका छन् ।
पुस्तक विमोचन कार्यक्रममा उनले अर्थमन्त्रीको संघीयता विरोधी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यस्ता धारणा देशलाई पछाडि धकेल्ने र संविधानले स्थापित गरेको व्यवस्थामाथि खतरा उत्पन्न गर्ने बताए ।
संघीयतासँग धेरै उपलब्धि जोडिएको उल्लेख गर्दै उनले त्यसको संरक्षण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।














