काठमाडौँ, ६ साउन । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध जारी पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै विपक्षीहरूसँग कारण देखाऊ आदेशसमेत दिएको छ ।
पक्राउ पुर्जी बदरको माग गर्दै शाहले गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयविरुद्ध मंगलबार रिट दायर गरेका थिए ।
कपिलवस्तु–३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा -रितेश) लाई कुटपिट गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको थियो ।














