KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सत्ता समीकरण फेरिने संकेत, एमालेले मन्त्रीहरूलाई पद छाड्न भन्यो

सत्ता समीकरण फेरिने संकेत, एमालेले मन्त्रीहरूलाई पद छाड्न भन्यो

काठमाडौं, २ साउन । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीलाई तत्काल राजीनामा दिन एमाले प्रदेश संसदीय दलले निर्देशन दिएको छ ।

दलका नेता जगन्नाथ थपलियाले केन्द्रको पछिल्लो राजनीतिक निर्णय र बदलिँदो सत्ता समीकरणलाई मध्यनजर गर्दै मन्त्रीहरूलाई पदत्याग गर्न निर्देशन दिएको एमाले स्रोतले जनाएको छ ।

एमालेका अनुसार केन्द्रमा विकसित राजनीतिक परिस्थितिअनुसार प्रदेशमा पनि नयाँ सत्ता समीकरण बन्ने सम्भावना रहेकाले सरकारमा निरन्तर रहनु उपयुक्त नहुने निष्कर्ष निकालिएको हो ।

यसअघि बिहीबार मन्त्रिपरिषद् बैठकपछि नै मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका थिए । तर पार्टीको केन्द्रीय निर्देशन नआएकाले निर्णय स्थगित गरिएको थियो।

अब भने नयाँ सत्ता समीकरणका लागि मार्गप्रशस्त गर्न मन्त्रीहरूले पदबाट बाहिरिने तयारी गरेका छन् । हाल बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ रहेका छन् ।

एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने वा नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुने विषय अबको राजनीतिक छलफल र समीकरणमा निर्भर रहनेछ ।

Facebook Comment

Related Posts

बलवाको नेतृत्वमा नयाँ पुस्ताको दाबी, रास्वपाबाट मेयरमा उठ्ने तयारीमा राउत

बलवाको नेतृत्वमा नयाँ पुस्ताको दाबी, रास्वपाबाट मेयरमा उठ्ने तयारीमा राउत

स्थानीय तहदेखि राष्ट्रिय सभासम्म १०७ पद खाली, पदपूर्ति अन्योलमा

स्थानीय तहदेखि राष्ट्रिय सभासम्म १०७ पद खाली, पदपूर्ति अन्योलमा

शङ्खधर साख्वाःको योगदान सामाजिक न्यायको उत्कृष्ट उदाहरण : सभामुख अर्याल

शङ्खधर साख्वाःको योगदान सामाजिक न्यायको उत्कृष्ट उदाहरण : सभामुख अर्याल

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

रिसराग भुलेर एकता र सहिष्णुता बढाउन प्रधानमन्त्री शाहको आग्रह

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar