काठमाडौं, ३० असार । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले मंगलबारको बैठकको कार्यसूची सकिएपछि अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।
मंगलबारको बैठकमा तीन निकायका वार्षिक प्रतिवेदन संसद्मा पेस गरिएको थियो । साथै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले समसामयिक विषयमा सदनलाई सम्बोधन गरेका थिए ।














