काठमाडौं, ३० असार । रास्वपाका सांसद राजकिशोर महतोले नेपाल जडीबुटीको धनी देश भएकाले यसको उत्पादन, प्रशोधन र प्रयोगलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा उत्पादन हुने जडीबुटीको अधिकतम उपयोग देशभित्रै हुनुपर्नेमा जोड दिए । आयुर्वेदिक तथा हर्बल औषधिको उत्पादन र प्रशोधनका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापन गर्न सरकार अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।
सांसद महतोले नेपालमा उत्पादन भएका आयुर्वेदिक औषधि तथा हर्बल उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै जडीबुटी प्रशोधन केन्द्रहरूले पर्याप्त सरकारी सहयोग नपाएको गुनासो गरे ।
उनले जडीबुटी तथा आयुर्वेदिक उद्योगमा लाग्ने उच्च कर तथा शुल्कका कारण स्वदेशी उद्योगहरू प्रभावित भइरहेको भन्दै कर नीतिमा पुनरावलोकन गर्न सरकारसँग आग्रह गरे ।














