काठमाडौं, ३० असार । प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने मंगलबार अकस्मात् प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् ।
दिउँसो १ बजेर ३७ मिनेटमा संसद् भवन प्रवेश गरेका उनीहरू केहीबेर बैठकमा सहभागी भए पनि करिब २० मिनेटपछि बाहिरिएका हुन् ।
प्रधानमन्त्री शाह र सभापति लामिछानेको छोटो उपस्थितिलाई लिएर संसद् परिसरमा चासो व्यक्त गरिएको छ । उनीहरू बैठकमा सहभागी हुन पुगेका भए पनि लामो समय नबसी बाहिरिएका हुन् ।














