काठमाडौं, २६ असार । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले राष्ट्रिय सभाको बैठकमा बोल्दै गणेश नेपालीको आत्मदाह घटनाको जिम्मेवारी लिँदै काठमाडौं महानगरका प्रमुख बालेन शाहको राजीनामा माग गरेका छन्।
उनले आगोमा जलिरहेका गणेश नेपालीलाई उद्धार गर्ने क्रममा अमानवीय व्यवहार गरिएको आरोप लगाउँदै संलग्न ट्राफिक, नगर र नेपाल प्रहरीमाथि कडा कारबाही गर्नुपर्ने माग गरे।
साथै, उनले महानगरको नेतृत्वलाई नैतिक जिम्मेवारी वहन गर्दै पदबाट हट्न आग्रह गरेका छन्।














