काठमाडौं, २५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देश र जनताको हितविपरीत चलेको आरोप लगाएका छन् ।
एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकार फाँसीवादी बाटोमा अघि बढेको दाबी गरे । उनले सुकुम्बासी बस्तीमा डोजर चलाइएको र जनताका समस्याप्रति सरकार संवेदनशील नभएको आरोप लगाए ।
ओलीले सरकारलाई ‘उम्लिएको दूध’ जस्तै अस्थिर भएको टिप्पणी गर्दै अहिलेको अवस्थामा जनताले खुसी हुने ठाउँ नरहेको बताए ।














