काठमान्डौँ, २५ असार । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, लगानी प्रवद्र्धन र पूर्वाधार विकासका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घसँगको छलफलमा उनले निर्माण व्यवसायलाई पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास आयोजना समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।
व्यवसायीहरूले भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, मूल्य समायोजन र बैंकिङसम्बन्धी समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।














