रौतहट, २५ असार । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा स्थानीयले प्रधानमन्त्री बालेन्द्र शाह बालेन को पुतला दहन गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण बजेट कार्यान्वयन, विकास निर्माण, भुक्तानी प्रक्रिया तथा प्रशासनिक काम प्रभावित भएको स्थानीयको आरोप छ ।
आन्दोलनकारीहरूले तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउन, अदालतको आदेश कार्यान्वयन गर्न र नगरपालिकालाई हाकिमविहीन नबनाउन सरकारसँग माग गरेका छन् ।
शिक्षक, सरसफाइ कर्मचारी र विभिन्न कार्यक्रमका लाभग्राहीहरू समेत लामो समयदेखि भुक्तानी नपाएको भन्दै प्रभावित भएका छन् ।














