काठमाडौं, २५ असार । सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलबाट नेकपा -एमाले) पनि बाहिरिएको छ ।
एमाले महासचिव शंकर पोखरेलले सरकारबाट पार्टीको प्रस्तावबारे स्पष्ट जवाफ नआएको भन्दै प्रतिनिधि डा. भीष्म अधिकारीलाई कार्यदलबाट फिर्ता बोलाएको जानकारी दिएका छन् ।
कार्यदलको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै एमालेले सहभागिता अन्त्य गरेको हो । यसअघि नेपाली कांग्रेस, नेकपा र राष्ट्रिय जनमोर्चालगायत दल पनि कार्यदलबाट बाहिरिइसकेका छन् ।















