काठमाडौं, २५ असार । आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसमविद्का अनुसार भोलिदेखि आइतबारसम्म पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
पहाडी तथा हिमाली क्षेत्रमा पहिरो र नदी–खोलामा बहाव बढ्ने जोखिम रहेको छ । उता, पूर्वी तराईमा भने वर्षा गराउने प्रणाली कमजोर भएकाले अपेक्षाकृत कम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।














