काठमाडौं, २४ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रिय सभाको समितिमा प्रतिस्थापन विधेयकमाथिको छलफलमा व्यस्त भएपछि प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सभामुखले सूचना टाँसेर बैठक सारेका हुन् ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने तथा राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।














