काठमाडौं, २३ असार । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३ को बजेट पारित भएको छ ।
प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयक, २०८३ मंगलबार बसेको राष्ट्रिय सभा बैठकले पनि बहुमतले अनुमोदन गरेको हो ।
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। प्रस्तावमाथि भएको निर्णयमा बहुमत सदस्यको समर्थनपछि विधेयक पारित भएको हो ।
यसअघि प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरिसकेको थियो । राष्ट्रिय सभाबाट समेत पारित भएपछि संघीय संसद्का दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत भएको छ ।
यसैबीच, अर्थमन्त्री डा. वाग्लेले राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८३ समेत प्रस्तुत गरेका छन् ।














