काठमाडौं, २३ असार । खरिपाटीस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीहरूले खाना वितरण रोकिएको भन्दै विरोध प्रदर्शन गरेका छन्।
उनीहरूका अनुसार सोमबार साँझदेखि खाद्यान्न नपाउँदा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरू बढी प्रभावित भएका छन्।
सरकारले बागमती र मनोहरा नदी किनारबाट स्थानान्तरण गरेका ९९ परिवारका २०७ जना उक्त केन्द्रमा बसिरहेका छन्। विरोधपछि स्थिति नियन्त्रणमा राख्न सुरक्षाकर्मी परिचालन गरिएको छ।














