KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जयनारायण यादवमाथि आर्थिक दबाब ? अदालतको फैसला र कागजातमाथि प्रश्न

जयनारायण यादवमाथि आर्थिक दबाब ? अदालतको फैसला र कागजातमाथि प्रश्न

महोत्तरी, १० असार । महोत्तरी गाउँपालिका–६ मा पुरानो तमसुक -लेनदेन कागजात) को आधारमा लाखौं रुपैयाँ असुल्न खोजिएको आरोप सार्वजनिक भएपछि स्थानीय स्तरमा विवाद चर्किएको छ ।

पीडित पक्ष, स्थानीय बासिन्दा तथा अधिकारकर्मीहरूले कथित रूपमा फर्जी कागजात प्रयोग गरी आर्थिक लाभ लिन खोजिएको आरोप लगाएका छन् भने सम्बन्धित पक्षले कागजात वैधानिक रहेको दाबी गरेको छ ।

स्थानीय स्रोतका अनुसार जयनारायण यादव नामक वृद्धमाथि ७ लाख २५ हजार रुपैयाँ बराबरको लेनदेन दाबी गर्दै रकम माग गरिएको छ । तर यादव तथा स्थानीय बासिन्दाहरूले उनी आर्थिक रूपमा कमजोर परिवारका व्यक्ति भएको उल्लेख गर्दै उक्त रकम कहिल्यै नलिएको दाबी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा परेको निवेदनमा पुरानो ऋणसम्बन्धी तमसुकलाई आधार बनाएर पछिल्लो समयमा ठूलो रकम दाबी गरिएको उल्लेख गरिएको छ । निवेदकले लेनदेनको वास्तविकता तथा कागजातको वैधतामाथि समेत प्रश्न उठाएका छन् ।

विवादित कागजातकै आधारमा अदालतमा मुद्दा दायर गरिएको र सम्बन्धित व्यक्तिलाई पर्याप्त जानकारी तथा प्रतिरक्षाको अवसर नदिई एकतर्फी फैसला गराइएको गुनासोसमेत उठेको छ ।

स्थानीयका अनुसार तारेख पर्चीसमेत सम्बन्धित व्यक्तिबाट लुकाइएको तथा प्रतिउत्तर दिने अवसरबाट वञ्चित गरिएको आरोप छ। यद्यपि यस विषयमा अदालत वा सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुन बाँकी छ । स्थानीय बासिन्दाका अनुसार फैसला भएको भन्दै जयनारायण यादवलाई रकम तिर्न निरन्तर दबाब दिइएको छ ।

रकम नतिरे घरघडेरी लिलाम गरी असुलउपर गरिने चेतावनीसमेत दिइएको आरोप लगाइएको छ । यस क्रममा वैदेशिक रोजगारीमा रहेका उनका छोरासम्म सम्पर्क गरी रकम तिर्न दबाब दिइएको बताइएको छ । घटनाप्रति मानवअधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले पनि चासो व्यक्त गरेका छन्। उनीहरूले सम्भावित कागजात दुरुपयोग तथा आर्थिक शोषणको आशंका व्यक्त गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धानको माग गरेका छन्।

राम एकवाल साहकी पत्नी बिणा साहले फर्जी तमसुक वा झुटा प्रमाणका आधारमा आर्थिक लाभ लिन खोजिएको पुष्टि भए कानुनी कारबाही हुनुपर्ने बताएकी छन् । विवादको अर्को पक्ष महोत्तरी गाउँपालिका–६ बाट गरिएको कागजात प्रमाणीकरणसँग सम्बन्धित छ । स्थानीय बासिन्दाहरूले २०७२ सालको कागजातलाई २०८० सालमा प्रमाणित गरिएको विषयमा प्रश्न उठाएका छन्।

केहीले जातीय तथा नातावादी प्रभावका आधारमा सिफारिस र प्रमाणीकरण गरिएको आरोपसमेत लगाएका छन् । यस विषयमा वडा अध्यक्षसँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन । उनका छोरा श्याम साहले भने उपलब्ध कागजात र लेखतका आधारमा मात्र सिफारिस गरिएको प्रतिक्रिया दिएको स्रोतले जनाएको छ ।

स्थानीय सरोकारवालाहरूले तमसुकको वैधता, अदालतको फैसला प्रक्रिया, वडा कार्यालयको प्रमाणीकरण तथा आर्थिक दाबीसम्बन्धी सम्पूर्ण विषयको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

घटनामा संलग्न भनिएका सबै पक्षको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेकाले आरोपहरूको सत्यता सम्बन्धित निकायको अनुसन्धान र न्यायिक प्रक्रियाबाट मात्र पुष्टि हुने देखिएको छ ।

Facebook Comment

Related Posts

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

ताजा समाचार

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

जयनारायण यादवमाथि आर्थिक दबाब ? अदालतको फैसला र कागजातमाथि प्रश्न

जयनारायण यादवमाथि आर्थिक दबाब ? अदालतको फैसला र कागजातमाथि प्रश्न

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar