काठमाडौं, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल माथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्न विशेष अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले २० दिनको म्याद माग गरेको भए पनि अदालतले सात दिनको अनुमति दिएको हो । विभागले जारी गरेको पक्राउ पुर्जीलाई अदालतले सदर गर्दै अनुसन्धानका लागि हिरासतमा राख्न स्वीकृति दिएको छ ।
अदालतको आदेशपछि पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ ।














