काठमाडौं, ४ असार । सुनिल लम्साल ले संघीय सरकारले चालु वर्ष १० खर्ब रुपैयाँ बराबरको ठेक्का -टेन्डर) आह्वान गर्ने तयारी गरेको बताएका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिँदै उनले मन्त्रालयको वार्षिक बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ भए पनि तीन वर्षका लागि एकैपटक टेन्डर प्रक्रिया अघि बढाइने जानकारी दिए ।
उनका अनुसार यसले ठेक्का प्रक्रियामा लाग्ने २०–२२ महिनाको समय घटाएर ६–७ महिनामा सीमित गर्नेछ । मन्त्री लम्सालले चालु वर्षको दररेटमै ठेक्का सम्झौता गरिने र मूल्यवृद्धिअनुसार स्वत समायोजन हुने व्यवस्था गरिने बताए ।
टेन्डर प्रक्रियामै पहिलो ६ महिना खर्च हुने भएकाले बजेट कार्यान्वयनको गति बढाउन यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।














