KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

जनकपुर, ३ असार । धनुषामा मिटरव्याजी समस्याको प्रभाव अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको अवस्थामा ऋण दिने बहानामा जग्गा र चेक दुवै आफ्नो नियन्त्रणमा लिएर ठगी गर्ने नयाँ शैली सार्वजनिक भएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ निवासी राकेश कुमार महतोले जनकपुरधाम उपमहानगरपालिका–१० निवासी सचिन साहमाथि आफूलाई लाखौं रुपैयाँ बराबरको ठगी गरेको आरोप लगाएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महतोले आफूले व्यवसाय विस्तारका लागि लिएको ऋण फिर्ता गरिसके पनि आफ्नो जग्गा फिर्ता नपाएको गुनासो गरे ।

उनका अनुसार २०८१ असार २३ गते हरिहरपुर क्षेत्रमा १ कठ्ठा ४ धुर जग्गा खरिद गरेका थिए । जलेश्वरमा कवाड व्यवसाय सञ्चालन गर्दै आएका उनले व्यवसाय विस्तारका लागि ६ लाख रुपैयाँ ऋण आवश्यक परेपछि सचिन साहसँग सहयोग मागेका थिए । महतोका अनुसार साहले जग्गा धितो राखे मात्र ऋण उपलब्ध गराउने शर्त राखे ।

त्यसपछि २०८१ चैत १० गते उनले आफ्नो नाममा रहेको जग्गा साहको नाममा राजीनामा गरिदिए। साथै ऋण सुरक्षाका लागि ६ लाख रुपैयाँ बराबरको मिति उल्लेख नगरिएको चेक समेत साहलाई बुझाएको उनले बताए ।

महतोले ऋण लिएपछि व्यवसायबाट भएको आम्दानीमार्फत करिब ८–९ महिनाभित्र सम्पूर्ण रकम फिर्ता गरिसकेको दाबी गरेका छन् ।

बैंक खाता तथा नगदमार्फत रकम बुझाएको प्रमाण आफूसँग रहेको उल्लेख गर्दै उनले ऋण चुक्ता भइसके पनि साहले जग्गा फिर्ता गर्न नमानेको आरोप लगाए । पत्रकार सम्मेलनमा बोल्दै महतोले भने, æमैले लिएको ऋण पूर्ण रूपमा फिर्ता गरिसकेको छु । तर अहिले मेरो जग्गा फिर्ता दिन अस्वीकार गरिएको छ ।

करिब ५० लाख रुपैयाँ मूल्य बराबरको सम्पत्ति कब्जा गरिएको छ । उनले यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएको भए पनि निवेदन दर्ता नगरिएको आरोप लगाए । चैत २५ गते निवेदन पेश गरेदेखि हालसम्म पटक–पटक धाउँदा समेत प्रहरीले दर्ता नगरेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा सहभागी अनिता देवीले पनि सचिन साहमाथि आफ्नो नागरिकताको दुरुपयोग गरी संस्था दर्ता गरेर भ्याट कारोबार सञ्चालन गरेको आरोप लगाइन् । उनले साह र उनकी श्रीमतीले नागरिकता मागेर लगेपछि आफ्नो नाममा संस्था सञ्चालन भइरहेको जानकारी पछि मात्र थाहा पाएको बताइन् । अनिताका अनुसार साहले केही ब्ल्याङ्क चेकमा समेत हस्ताक्षर गराएका थिए ।

राकेश महतोसँगको ऋण कारोबारमा आफ्नो नामको चेक प्रयोग गरिएको भए पनि उक्त चेक आफूलाई नदिई साहले नै राखेको उनको दाबी छ । त्यसैगरी पत्रकार सम्मेलनमा उपस्थित काजल मण्डलले पनि आफ्नो नागरिकताको प्रतिलिपि प्रयोग गरी संस्था दर्ता गरेर भ्याट कारोबार सञ्चालन गरिएको जानकारी आफूलाई पछि मात्र भएको बताइन् ।

संस्थामा काम गर्ने क्रममा नागरिकताको प्रतिलिपि मागिएको र त्यसको दुरुपयोग भएको थाहा पाएपछि आफू न्यायको खोजीमा सार्वजनिक रूपमा बोल्न बाध्य भएको उनको भनाइ छ ।

यसैबीच सचिन साह हाल धाकधम्कीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । यद्यपि यस विषयमा प्रहरीले औपचारिक पुष्टि गरेको छैन ।

साहसँग दुई देशको नागरिकता रहेको आरोप समेत सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा सहभागी पीडितहरूले सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन गर्न, पीडितलाई न्याय दिलाउन तथा नागरिकता दुरुपयोग, चेक कारोबार र जग्गा हडप्ने सम्बन्धी आरोपहरूको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

उनीहरूले दोषीमाथि कानुनी कारबाही गरी यस्ता घटनाको पुनरावृत्ति रोक्न समेत आग्रह गरेका छन् ।

Facebook Comment


Related Posts

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

ताजा समाचार

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar