काठमाडौं, २ जेष्ठ । त्रिभुवन विश्वविद्यालय -त्रिवि- का झण्डै १,६०० प्राध्यापक तथा कर्मचारी पेन्सन सुविधाको माग गर्दै दुई महिनाभन्दा बढी समयदेखि उपकुलपति कार्यालय अगाडि अनिश्चितकालीन धर्नामा बसेका छन् ।
आन्दोलनरत पक्षले २०६६ भदौ २६ मा गोप्य रूपमा पेन्सन व्यवस्था हटाइएको भन्दै २०७६ यता कार्यरत कर्मचारी तथा प्राध्यापकलाई पनि पेन्सनको व्यवस्था गर्न माग गरेका छन् ।
२०८१ मा गठित अध्ययन कार्यदलले पेन्सन कोष स्थापना गरी सुविधा उपलब्ध गराउन सुझाव दिए पनि कार्यान्वयन नभएको उनीहरूको गुनासो छ ।
आन्दोलनरत प्राध्यापक डा. नन्दकिशोर सिंहले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । त्रिविमा हाल कामचलाउ पदाधिकारी रहेकाले निर्णय प्रक्रियामा समेत अन्योल देखिएको छ ।














