काठमाडौं, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराधको अभियोग काठमाडौंबाहेकका सबै जिल्लामा फिर्ता भएको छ ।
सोमबार रुपन्देही जिल्ला अदालतले सहकारी ठगीसम्बन्धी मुद्दा कायम राख्दै संगठित अपराधको अभियोग फिर्ता लिन आदेश दिएको हो ।
यससँगै रवि लामिछानेसहित जीबी राई, कुमार रम्तेललगायत प्रतिवादीविरुद्ध सहकारी ठगीबाहेकका अभियोग हटेका छन् । यसअघि पर्सा र कास्की जिल्ला अदालतले पनि संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका थिए ।
कास्कीमा दायर सम्पत्ति शुद्धीकरणको मुद्दा समेत फिर्ता भइसकेको छ ।






![जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]](https://kpkhabar.com/wp-content/uploads/2026/08/grih-mantri-janakimandir-350x250.jpeg)





![जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]](https://kpkhabar.com/wp-content/uploads/2026/08/grih-mantri-janakimandir-120x86.jpeg)

