आसाम । भारतको आसाम राज्यको जोरहाटस्थित रौरिया एयरबेसमा भारतीय वायुसेनाको एएन–३२ ट्रान्सपोर्ट विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनापछि विमानमा भीषण आगलागी भएको र विमान दुई टुक्रा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सैनिक तथा सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने उक्त विमान दुर्घटनामा पाइलटको मृत्यु भएको आशंका गरिए पनि आधिकारिक पुष्टि भइसकेको छैन ।
भारतीय वायुसेनाले घटनाको पुष्टि गर्दै थप विवरण संकलन भइरहेको जनाएको छ ।














