बारा, २९ जेष्ठ । मधेस प्रदेशको पर्यटन, संस्कृति, धार्मिक सम्पदा तथा स्थानीय परिकारको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि मधेस ट्राभल मार्ट सुरु हुने भएको छ ।
नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त आयोजनामा हुने कार्यक्रमको समन्वय नाटा मधेस प्रदेशले गरेको हो । नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार कार्यक्रममा नेपाल र भारतका विभिन्न सहरबाट २०० भन्दा बढी पर्यटन व्यवसायी, टुर अपरेटर, कन्टेन्ट क्रियटर तथा पर्यटक सहभागी हुनेछन् ।
भारतीय पर्यटन बजारसँग मधेसका पर्यटकीय गन्तव्यलाई जोड्दै भारतीय पर्यटकको आगमन बढाउने लक्ष्य कार्यक्रमको रहेको छ । चार दिनसम्म सञ्चालन हुने ट्राभल मार्टअन्तर्गत वीरगञ्ज, अमलेखगञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिबास र जनकपुरधामका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको अवलोकन गराइनेछ ।
आयोजकका अनुसार यस कार्यक्रमले मधेस प्रदेशको पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।














