जनकपुर, २१ जेष्ठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरका पंकज कुमार महतोलाई पार्टीको केन्द्रीय कृषि विभागको सदस्य पदमा मनोनयन गरेको छ।
पार्टीका महामन्त्री भूप देव शाहद्वारा जारी मनोनयन पत्रअनुसार महतोलाई रास्वपाको केन्द्रीय कृषि विभागको सदस्यमा मनोनीत गरिएको हो। उक्त पत्र २०८३ असार १२ गते जारी गरिएको छ।
मनोनीत सदस्य महतोलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावली र कार्यविधिअनुसार आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
धनुषाको जनकपुर उपमहानगरपालिका–१० निवासी महतो लामो समयदेखि कृषि, सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
उनको मनोनयनसँगै कृषि क्षेत्रका मुद्दालाई पार्टीभित्र थप प्रभावकारी रूपमा उठान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।














