जनकपुर, १२ जेठ । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारसँगै नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मङ्गलबार ५ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएसँगै मन्त्रिपरिषद् १२ सदस्यीय बनेको हो ।
यता कुमार कान्त झाले आजैदेखि लागू हुने गरी नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएका छन् ।
उनले राजीनामाको औपचारिक कारण सार्वजनिक नगरे पनि मन्त्री पद नपाएको असन्तुष्टिका कारण पद त्यागेको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ ।














