जनकपुर, १२ जेष्ठ । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मङ्गलबार ५ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएसँगै मन्त्रिपरिषद् १२ सदस्यीय बनेको हो ।
नेपाली कांग्रेसका नागेन्द्र शाह स्वास्थ्य मन्त्री बनेका छन् भने नेकपाका युवराज भट्टराईले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
एमालेबाट मनोज सिंह शिक्षा तथा संस्कृति, लखनदास तत्मा खेलकुद तथा समाज कल्याण तथा शारदा थापा श्रम तथा यातायात मन्त्री बनेका छन् ।
मोहम्मद समिरले भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।














